
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा वडामा झडप भएको छ । वडाका जनप्रतिनिधिहरू र सेवाग्राहीबीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेत्रबहादुर चन्द र सागर थापा रहेका छन् ।
उनीहरूको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । झैझगडा घटनामा संलग्नमध्ये सुनिल थापा र सुदीप थापालाई पक्राउ गरी प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा वडा सदस्यसमेत संलग्न भएकोले उनलाई समेत कार्यालयमा बोलाई बयान लिएको प्रहरीले जनाएको छ । तर, उनको नाम भने खुलाइएको छैन । जग्गासम्बन्धी विवादमा झैझगडा भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij