
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेकपा (एमाले) को लुम्बिनी प्रदेश अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । सर्वसम्मत नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि अध्यक्षका लागि आज निर्वाचन हुन लागेको हो ।
आज बिहान १० बजे सम्मका लागि उम्मेदवारी दर्ताको समय राखिएको छ । निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालले भने अध्यक्ष पदका लागि आइतबार नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।
निर्वाचन कमिटीले मनोनयनको काम सकिएपछि निर्वाचनमा जाने बताएको छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij