Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ठगीमा पत्रकारले गरेको चार चमत्कार !

ठगीमा पत्रकारले गरेको चार चमत्कार !

  • उनीहरुले समाचार प्रकाशन गरिदिने भन्दै धम्काउने, विभिन्न बहाना बनाएर ठगी गर्नेजस्ता घटना बाहिरिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    धनगढी । कैलालीका दुई पत्रकारले आर्थिक चलखेल गरी ठगी गरेका घटनाहरु बहिरिएका छन् । नाइस टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिमेश विक र नाइस टेलिभिजनमै आबद्ध गोविन्द विसीले कैलालीका विभिन्न व्यक्तिलाई डर देखाएर आर्थिक बार्गेनिङ गरेको खुलेको हो ।

    AGNI GROUP

    उनीहरुले समाचार प्रकाशन गरिदिने भन्दै धम्काउने, उधारो खाएर भाग्ने, विभिन्न बहाना बनाएर ठगी गर्नेजस्ता घटना बाहिरिएका हुन् । यतिबेला आर्थिक ‘बार्गेनिङ’ र ठगी गरेका घटना एकपछि अर्को गर्दै बाहिरिएपछि पत्रकारिता जगतमा दाग लागेको छ। पत्रकारकाले गरेका ‘बार्गेनिङ’ र ठगीका घटना बाहिरिनु राज्यको चौथो अंग लज्जित बनेको धनगढीका पत्रकारहरु बताउँछन् ।  

    घटना १

    हिमेश विक र गोविन्द बिसीले कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित श्री वास्तव मेडिकल हलका सञ्चालकबाट एक लाख असुल्न पटकपटक धम्की दिएको अडियो सार्वजनिक भएको छ। उनीहरुले मेडिकल सञ्चालक कमलेश ससेनाकी श्रीमती लीला सुनारलाई डराईधम्काई २५ हजार असुली गरी र थप ७५ दिनुपर्ने भन्दै टेलिफोनमा धम्काएपछि उक्त घटना बाहिरिएको हो। 

    उनीहरुले सुरुमा दुई लाख रुपैयाँमा ‘बार्गेनिङ’ गरेका र पछि एकलाख दिनुपर्ने भन्दै मेडिकल सञ्चालकलाई धम्की दिएका सञ्चालक कमलेश सक्सेनाले बताए । उनले भने, ‘श्रीमती लीला सुनारबाट तपाईलाई आवश्यक समस्या परे सहयोग गर्ने भन्दै रकम असुल गरे, थप पैसा माग्न अझै पटकपटक टर्चर गरिरहेका छन्।’ 

    घटना २

    अत्तरियाका एक व्यापारीसँग फर्निचर लिएर हिमेश विकले पैसा नभएको चेक दिएको अर्को घटना बाहिरिएको छ। उनले दिएको चेकमा पैसा नभएको र त्यसपछि अहिलेसम्म सम्पर्कमा नआएको पीडितले गुनासो गरेका छन्।

    घटना ३

    हिमेश विकले कैलालीका दुई जना उपमेयरलाई टेलिभिजनमा अन्तर्वार्ता गराउने भन्दै काठमाडौं लगेर होटलमा राखेर पैसा नतिरेरै भागेको घटना सार्वजनिक भएको छ। ती उपमेयरहरुलाई काठमाडौं घुमाउन उनले आठ दिनसम्म प्रयोग गरेको ट्याक्सी भाडासमेत नतिरेको खुल्नमा आएको छ। 

    उनले आठ दिनको ४० हजार र २१ हजार नगद ट्याक्सी चालकसँग सापटी लिएको रकम लिएर लामो समयदेखि सम्पर्कविहीन बनेको भन्दै उनले कार्यक्रमै गुनासो गरेका थिए।

    घटना ४

    हिमेश विकले धनगढीका स्टेसनरी सञ्चालक तथा पत्रकार डिल्ली ओझाको २० हजार बढी रकम लामोसम्म नदिएपछि उनका बुवाबाट असुल गरेको बताएका छन् । उनले धनगढी काठमाडौं र काटमाडौं–धनगढी प्लेन भाडा दुई वर्षदेखि नदिएको अझै केही रकम दिन बाँकी रहेको बताएका छन्। विक र विसीले कैलालीलगायत विभिन्न ठाउँमा पत्रकारको परिचय दिएर ठगी र ‘बार्गेनिङ’ गर्ने सञ्जाल बनाएका छन्।

    उनीहरुले उधारो खाने, समाचार प्रकाशन गरिदिने भन्दै रकम बार्गेनिङ गर्ने, विभिन्न बाहना बनाएर ठगी गरेर हिँड्दै गरेका घटना बाहिरिँदै गएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट