
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । धनगढीको एसपीए कलेजमा अध्ययनरत् विद्यार्थीहरुले हस्तनिर्मित रक्षा धागो (राखी) बनाएर बिक्रीवितरण गरेका छन । यतिबेला एसपीए स्मल स्केल इन्टरप्रेनियर्स र थियटर एण्ड आर्टस क्लबका विद्यार्थीहरुले बनाएको हस्तनिर्मित रक्षा धागोमा स्थानीय धनगढीबासीको आकर्षण देखिएको हो ।
विधार्थीहरुले एसपीए कलेज परिसर तथा धनगढी चौराहामा स्टल राखेका छन् । स्टलमा विभिन्न डिजायका रक्षा धागोहरु उपलब्ध छन् । कलेजले विद्यार्थीहरुमा उद्दमशीलता विकास गर्न उक्त क्लबको गठन गरिएको हो । उक्त क्लबबाट विद्यार्थीहरुले सा साना व्यवसायउन्मुख क्रियाकलापहरु गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij