
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडौँ । प्रहरीको साइबर ब्युरोमा गायिका समीक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध उजुरी दिएकी छन् । आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै उनले उजुरी दिएकी हुन् ।
‘अष्ट्रेलियाले कालोसूचीमा’ राखेको भन्ने खबर झुटो भएकाे भन्दै गायिका अधिकारीले उजुरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय, कास्कीको साइबर ब्युरोमा उनले उजुरी दिएकी हुन् । अस्ट्रेलिया सरकारले तीज कार्यक्रममा लागि अस्ट्रेलिया जान लागेकी गायिका समीक्षा अधिकारीको भिसा रद्द गरिदिएको थियाे ।
भिसा रद्द भएपछि समीक्षाले सामाजिक सञ्जालमार्फत् आफूलाई अस्ट्रेलियन सरकारले ब्ल्याक लिष्टमा राखेको नभई कागजात नपुगेका कारण रद्द गरिएको जानकारीसमेत दिएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij