
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । घोराही सिमेन्टको सेयरमा खरिद माग उच्च देखिएको छ । आइतबार कम्पनीको सेयरमा उच्च खरिद माग देखिएको छ । यस अवधिमा १ लाख ८३ हजार ४११ कित्ता सेयर खरिद माग भएको छ भने १३ हजार ९६ कित्ता बिक्री अर्डर देखिएको छ ।
गत साउन २८ गतेबाट कम्पनीको कारोबार सुरु भएको थियो । कारोबार पहिलो दिनबाट आपूर्ति धेरै हुँदा कम्पनीको सेयर मूल्य समेत उच्च दरले घटेको छ ।
कारोबार सुरुवातदेखि आपूर्ति धेरै देखिएको कम्पनीको सेयरमा बल्ल डिमान्ड देखिन थालेको छ । पहिलो कारोबार दिन कम्पनीले ५६५ रुपैयाँमा कारोबार खुलेको थियो । सोही दिन कम्पनीको सेयरमूल्य नकारात्मक सर्किट लागेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij