
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई जनता समाजवादी पार्टी (जसपा)ले उम्मेदवार बनाउने भएको छ । आज प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि मनोनयन दर्ता हुँदैछ ।
मनोनयन दर्ताको समय बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म तोकिएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध समिति जसपाको भागमा परेको छ । यादवलाई सभापतिको उम्मेदवार बनाउने तयारी रहेको जसपा प्रमुख सचेतक प्रदीप यादवले जनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij