काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बनस्थली कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ । कार्यालय भवनको तेस्रो तलामा लागेको आगो काठमाडौं महानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो ।
विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।