Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

मुस्ताङ गाउँपालिकाका अध्यक्ष पोखरामा जुवा खालबाट पक्राउ

मुस्ताङ गाउँपालिकाका अध्यक्ष पोखरामा जुवा खालबाट पक्राउ

  • काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा-८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    जुवा खालबाट अध्यक्ष लालचन (मोहन थकाली) सहित होटल सञ्चालक घोरपझोङ-२ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, सोही ठाउँका ४६ वर्षीय नबिनप्रसाद थकाली, पोखरा महानगरपालिका-८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, पोखरा-९ महेनद्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन, पोखरा-१० रामबजार बस्ने ५२ वर्षीय राजु गुरुङ र रामबजार नै बस्ने ५९ वर्षीय दलबहादुर हिराचन पक्राउ परेका छन् । 

    images

    वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जुवाखालबाट केही व्यक्ति पक्राउ परेको र उनीहरूबारे अनुसन्धान भइरहेको जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij