
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोसी सरकारविरुद्ध दायर गरेको रिटको पेसी आजका लागि तोकिएको छ । बुधबार रिट दर्ता गरिएसँगै सर्वोच्च अदालतमा बिहीबारका लागि पेसी तोकिएको हो ।
कोसीमा एमाले संसदीय दलका नेता कार्कीले प्रदेशसभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्चको आदेशविपरीतको कार्य भएको भन्दै परमादेशको मागसहित रिट दायर गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij