
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत अवैंधानिक मान्दै नेकपा एमाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउँदैछ । संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा आज दर्ता गराउने जानकारी यसअघि नै दिइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij