Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भक्तपुरको सुधार गृहबाट २२१ जना बन्दी फरार

भक्तपुरको सुधार गृहबाट २२१ जना बन्दी फरार

  • काठमाडौँ । भक्तपुरको बाल सुधार गृहबाट २२१ जना नाबालक बन्दी फरार भएका छन् । हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् । 

    images
    images
    images

    सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेका थिए । तर अहिले प्रहरीको नियन्त्रणमै ४२ जना बालिका र ३३ जना रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बाँकी फरारहरुको खोजतलास भइरहेको जानकारी दिए । बालसुधार गृहबाटमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु भएको थियो । रामेछाप जिल्ला मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । 

    उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै सुधार गृहका कर्मचारीले नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका थिए । बस्नेत अदालतको आदेशले २०७७ सालदेखि बाल सुधार गृहमा थिए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij