
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा थप दुई जनालाई मनोनित गरेको छ । ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो ।
गत साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्याउन २२ जना थप गरेको थियो । योसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij