
Apr 19 2025 | २०८२, वैशाख ६ गते
यूएईमा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जित्न सफल भएका छन् । चिट्ठा जित्नेमा २९ वर्षीय तुलसी रहेका छन् । उनले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् ।
द गल्फ न्युज डटकमका अनुसार महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको शनिबार गरिएको १४१ औँ खेपमा चिट्ठा जित्न सफल भएको हो । साढे एक वर्षदेखि उनले चिट्ठाको टिकट खरिद गर्दै आइरहेको समाचारमा उल्लेख छ ।
विगत ११ वर्षदेखि तुलसी यूएईको निर्माण कम्पनीमा प्राविधिकको रूपमा काम गर्दै आइरहेका थिए । इमेलमार्फत उनले खबर पाएका थिए । यो रकमले अब नेपालमा नयाँ घर बनाउने योजना रहेको उनको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij