
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक स्थगित् भएको छ । बिहीबारका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बैठक बहिष्कार गरेपछि बैठक स्थगित भएको हो ।
समितिको अघिल्लो बैठकमै तत्काल समिति सभापति चयन प्रक्रिया अगाढि नबढाए अर्को बैठक बहिष्कार गर्ने एमालेले चेतावनी दिएको थियो । एमालेका कुनैपनि सांसद आजको बैठकमा उपस्थित भएनन् । बेरुजु संपरिक्षण र विविध विषयमा समितिमा छलफल गर्ने विषयवस्तु राखिएको थियो ।
प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीको दफा १८२ मा तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत सदस्य उपस्थित भएमात्र बैठक सञ्चालन हुने उल्लेख छ । बैठकमा ९ जना मात्र उपस्थित भएका थिए । २६ सदस्यीय लेखा समितिमा गणपुरक संख्याका लागि १४ सदस्य आवश्यक पर्दछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij