Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिताराम बोकेर चिरिबाबुको चेतावनी

सिताराम बोकेर चिरिबाबुको चेतावनी

  • सितारामले महानगरका समस्या हटाउन अहोरात्र खटिरहँदा यसको परिणाम मेयरको मुहारमा देखिएको कर्मचारीवृत्तमा चर्चा छ । 

    onlinepatrika
    Arghakhachi

    ललितपुर । महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्यसहित नगर सचेतना अभियान शुरु भएको दुई साता नाघेको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अभियानको शुभारम्भ गरेका थिए । सो कार्यक्रममा बोल्दै मेयर महर्जनले शहरलाई कुरुप बनाउने खालका काम गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याइने बताए ।

    AGNI GROUP

    कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने मेयर महर्जनले स्पष्ट पारे । महानगरपालिकको निर्देशन लगत्तै फुटपाथमा जथाभावि फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण सामग्री राख्ने लगायतका कार्य गर्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने ललितपुर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताए । महानगरका तारपनि हटाइएको छ । 

    मेयर महर्जनले महानगरलाई सुन्दर बनाउन कुनैपनि कसर बाँकी नराख्ने भन्दै सितारामलाई सक्रिय बनाएको बताइन्छ । सितारामले महानगरका समस्या हटाउन अहोरात्र खटिरहँदा यसको परिणाम मेयरको मुहारमा देखिएको कर्मचारीवृत्तमा चर्चा छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट