
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङी सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारीसाधनले ठक्कर दिँदा मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवार कमल–४ का ६८ वर्षीय शान्तिराम खनालको मृत्यु भएको हो ।
मंगलबार साँझ ७ बजे अत्यधिक गतिमा आएको भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा खनाल गम्भीर घाइते भएका थिए । उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोकुमार लामा जानकारी दिए ।
ठक्कर दिने सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij