Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

'सक्कली' डाक्टर रिहा

'सक्कली' डाक्टर रिहा

  • काठमाडौँ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका डाक्टर रञ्जितकुमार यादवलाई छोडेको छ ।

    images
    images
    images

    नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेका यादव सक्कली डाक्टर भएको पाइएपछि सोमबार उनलाई छाडिएको हो ।

    मेडिकल काउन्सिलले पत्र पठाएपछि उनलाई छोडिएको व्युरोका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जनाएका छन् । एउटै नाम गरेका दुई डाक्टर रहेकाले त्रुटी हुन पुगेको प्रहरीले जनाएको छ । प्रहरीले त्यही नाम गरेका नक्कली डाक्टरको खोजी गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij