
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । शिक्षा विधेयकविरुद्ध अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेका निजी विद्यालय सञ्चालकहरुले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् ।
सरकारले विधेयकमार्फत निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्न लागेको भन्दै प्याब्सन, हिसान र नेसनल प्याब्सनले संयुक्तरुपमा प्रदर्शन गरेको हो । देशभरबाट निजी विद्यालय सञ्चालकहरु प्रदर्शनमा सहभागी हुन काठमाडौं आएका छन् ।
विधेयक संशोधन नभए आइतबारदेखि देशभरका निजी विद्यालय ठप्प पार्ने उनीहरुले चेतनावनी दिएका छन् । सरकारले मन्त्रिपरिषद्बाट पास भएको प्रस्तावित विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij