
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । सङ्घीय संसद्को अवरोधको स्थिति खुलाउन सो बैठक बोलाइएको हो ।
उनको सचिवालयले बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले पुनः आग्रह गर्ने जनाएको छ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ सहित प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उहाँहरुको प्रमुख सचेतक वा सचेतकलाई सभामुखले बोलाएका छन् ।
एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ । राष्ट्रियसभाको बैठक पनि स्थगन हुँदै आएको छ ।
दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको छ । निकासका लागि साउन १५ र १६ गते सभामुख घिमिरेले प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुई पटक टेलिफोन संवाद गरेका थिए भने प्रमुख सचेतक र सचेतकसँग विभिन्न चरणमा छलफल गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij