Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बुफोनले लिए खेल जीवनबाट सन्यास

बुफोनले लिए खेल जीवनबाट सन्यास

  • इटालीका विश्व चर्चित गोल रक्षक जियानलुइगी बुफोनले खेल जीवनबाट सन्यास लिएका हुन् । सामाजिक सञ्जालमार्फत् अब आफू फुटबलमा नरहने घोषणा उनले गरेका हुन् । 

    images
    images
    images

    ४५ वर्ष पुगेका बुफोनको आफ्नो २८ वर्षको व्यावसायिक खेल अवधिमा सन् २००६ देखि युभेन्ट्सबाट १० सिरी ए र पेरिस सेन्ट–जर्मेइनबाट एक लिग वान उपाधि जितेका छन् । सन् १९९५ मा पर्माबाट बुफोनले व्यावसायिक खेल करिअर शुरु गरेका थिए ।

    सन् २०१८ को विश्व कपमा छनोट हुन नसकेपछि बुफोनले त्यसबेला नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । सन् २००६ मा भएको विश्व कपमा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटालीले उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij