
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार कम्पनीले १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ । त्यसका लागि कूल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपियाँ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij