
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । ठमेलमा ‘दादागिरी मच्चाउँदै आएका’ भनिएकाहरू धरौटीमा छुटेका छन् । पछिल्लो पटक ओम्निया क्लबका बाउन्सर र सञ्चालकलाई कुटपिट गरेको आरोप लागेका ७ जना धरौटीमा छुटेका हुन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूसँग जनही ८/८ हजार रुपैयाँ धरौटी मागेको हो । मुख्य नाइके भनिएका सानुभाई भनिने युवराज गुरुङलाई भने बुधबार अदालत पेस गरिएको छ। पटके कायम भएका कारण उनलाई अदालत लगिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
ठमेलका विभिन्न क्लबमा गएर विभिन्न बहानामा झगडा गर्ने ती युवाहरूलाई प्रहरीले हथकडी लगाएर ठमेल बजार घुमाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij