
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ । दुवै मन्त्रीले १०० किलो अवैध सुन प्रकरणमा आ-आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा नगरेको एमालेको ठहर छ ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमालेले यी दुई मन्त्रीको राजीनामा माग्ने नेताहरूले बताएका छन् । उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे संसदीय दलको बैठक बस्दैछ । गिरीले बैठक १२ बजेपछि बस्ने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij