
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । अमेरिका लैजाने भन्दै विभिन्न देशमा पुर्याएर अलपत्र बनाउने कलम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनले अमेरिका लैजाने लोभलालचमा पारी ६० लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ ।
पोखरा घर भई काठमाडौंको गुहेश्वरी बस्ने तामाङलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । उनीविरुद्ध चारजनाले जाहेरी दिएको ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठले बताए । अमेरिका लैजाने भन्दै श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस, जाम्बियालगायतका देशमा पुर्याई अलपत्र पारी थप रकम मागेको जाहेरीमा छ ।
विभिन्न देश पुगेर फर्किएका युवाहरूले प्रहरीमा उजुरी दिएका छन् । उनले चार पीडितसँग दुई करोड २६ लाख २३ हजार लिएको प्रहरीले जनाएको छ । यसमा संगठित गिरोह रहेको र त्यसउपर विस्तृत अनुसन्धान हुने एसएसपी श्रेष्ठ बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij