
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । कम्तीमा ६० जना बेपत्ता भएका छन् । मुम्बईबाट करिब १०० किलोमिटर टाढा रहेको रायगड जिल्लाको एउटा गाउँमा बिहीबार खसेको पहिरोमा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएको उद्धारकर्मीले बताएका छन् ।
“हामीले अहिलेसम्म २७ वटा शव फेलापारेका छौँ । करिब ६० जना अझै बेपत्ता छन्,” आपत्कालीन सहायता टोलीका एक अधिकारीले भनेका छन् ।
जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको र जीवित भेटिनेमा आफू आशावादी नभएको बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij