
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं। ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगरपालिका पनि छनोट भएको छ । स्वीट्जरल्याण्डको लुगानो सहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म हुने कार्यक्रममा छनोट भएको र सहभागी हुन मेयर बालेन्द्र शाह जाने मेयरको सचिवालयले जनाएको छ ।
अवार्ड कार्यक्रम १५ वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन् । थोरै मात्र छानिन्छन् ।
आयोजकले उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र महानगरलाई पठाएको छ । आयोजकले महानगरलाई पठाएको पत्रमा भनिएको छ, ‘‘पर्यटन क्षेत्रका वैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो ।
यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ।’’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij