Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

मकवानपुरमा दुई जनाको शव फेला

मकवानपुरमा दुई जनाको शव फेला

  • काठमाडौं । मकवानपुरमा दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुई छुट्टाछुट्टै स्थानमा सोमबार साँझ शव फेला परेको हो ।

    images
    images
    images

    इन्द्रसरोबर गाउँपालिका वडा नम्वर–४ पुरण्डिमा युवतीको र मकवानपुरगढी–७ सातकन्या पाखामा पुरुषको शव भेटिएको हो । इन्द्रसरोवरमा भेटिएको शव थाहा नगरपालिका–५, दामन निवासी २४ वर्षीया स्वस्तिका डिमडुङको रहेको प्रहरीले जनाएको छ । उनको शव आफ्नै माइती घरको बलोमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको हो । 

    यस्तै, मकवानपुरगढीमा भेटिएको शव स्थानीय ५५ वर्षका वीरबहादुर मोक्तानको रहेको प्रहरीले जनाएको छ । मोक्तान घरबाट अन्दाजी १५० मिटर पूर्व खनायोको रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए । 

    दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij