Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मन्त्री ज्वालाको दाबी : गठबन्धन बलियो छ, एमालेले चाहँदैमा सरकार ढल्दैन

मन्त्री ज्वालाको दाबी : गठबन्धन बलियो छ, एमालेले चाहँदैमा सरकार ढल्दैन

  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्तागठबन्धन बलियो भएकाले कसैले चाहँदैमा सरकार नढल्ने दाबी गरेका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्लालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जति कामना गरे पनि सरकार तत्काल सरकार नढल्ने ठोकुवा गरे । 

    images
    images
    images

    ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ, कसैले धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन’, उनले भने, ‘किनभने यसको ग्राउण्ड दह्रो छ ।’
    उनले प्रतिगमनविरुद्ध एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न पनि आग्रह गरे ।

    भने, ‘प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन् । चुनावका बेलामा सँगै अघि बढेका शक्तिहरु एक ठाउँमा छन् । जटिल मोडहरुमा एकतावद्ध भएका शक्तिहरु एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छौं की भनेर कसैले आश नगर्दा हुन्छ ।’

    मन्त्री ज्वालाले समाजवादी मोर्चाले सरकारलाई झन् बलियो बनाउने पनि बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij