Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

अर्थमन्त्री महत भारत प्रस्थान

अर्थमन्त्री महत भारत प्रस्थान

  • काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् । आइतबार बिहान जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन अर्थमन्त्री महत भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    सचिवालयका अनुसार अर्थमन्त्री महतको साथमा वैदेशिक मामिला हेर्न सहसचिव श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे रहेका छन् । अर्थमन्त्री महत बुधबार स्वदेश फर्किने कार्यतालिका छ । सोमबार र मंगलबार भारतको गुजरातमा जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठक हुने छ । यसमा विभिन्न देशका अर्थमन्त्री तथा गर्भनरसहितको सहभागिता रहनेछ ।

    images

    आउँदो सेप्टेम्बरमा भारतले जी ट्वेन्टी शिखर सम्मेलन गर्दै छ । त्यसका तयारीका लागि यो बैठक हुन लागेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij