
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बोलन्द्र साह उर्फ (बालेन)लाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुझाएका छन् । उनले कुनै पनि मुद्दा लाग्दा हच्किन नहुने सुझाएका हुन् ।
आइतबार साहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा परेको बताएका थिए । उक्त विषयमा मेयर साम्पाङले सोमबार फेसबुकमै लेखेका छन्, ‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनु हुन्न ! त्यस्ता जाबा मुद्दा त हप्तामा २—३ वटा लाइरन्छ मलाई त ! ढोइट....भन्दै अघि बढ्नुपर्छ ! ढोइट.....’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij