Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

'राजा' को हर्षमा युवा मोर्चाको सहयोगी हुल

'राजा' को हर्षमा युवा मोर्चाको सहयोगी हुल

  • काठमाडौं । राष्ट्रिय युवा मोर्चाका केन्द्रिय उपाध्यक्ष समाजसेवी युवा नेता दिक्पालजंग थापाद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औं जन्मदिनको अवसर पारेर असहाय तथा अनाथ बालबालिकालाई सहयोग गरेका छन् । भैसेपाटीस्थित असहाय तथा अनाथ वालवालिका संरक्षण फाउण्डेशन नेपाललाई ३५ हजार बराबरको दाल चामल चिनी, तेल र चाउचाउलगायतका सरसामान सहयोग गरेका हुन् ।

    images
    images
    images

    आज आयोजित विशेष समारोहमा मोर्चा उपाध्यक्ष तथा समाजसेवी थापाले फाउण्डेसनकी सुपरभाइचर कल्पना पराजुलीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । समाजसेवी थापाले सहयोग सामाग्री हस्तान्तरण गर्दै असहाय तथा अनाथ बालबालिकाहरुलाई मनैदेखि सहयोग गरेको बताएका छन् ।

    कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य निराजन थापा, राप्रपा ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन, राप्रपा मोर्चा अध्यक्ष कैलाश कटुवाल, राप्रपा ललितपुर जिल्ला मोर्चा अध्यक्ष सरोज महर्जनलगायतको सहभागिता थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij