
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्री संसदले बनाउँछ कि दिल्लीले भन्दै प्रश्न गरेका छन् । संसद बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले नेपालीको शीर निहुरिएको बताए ।
प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको किताब विमोचनको क्रममा सिंहले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको र पटक-पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए ।
पन्तले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिए । यतिबेला नेपालीको मनमा आघात पुगेको छ। सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको छ । हाम्रो मनमा बादल लागेको छ । नेपालीको स्वाभिमान गिरेको छ। नेपालीहरू रोएको छ, उनले भने ।
उनले नेपालीहरू वीर सपुतहरूको सन्तान रहेको भन्दै प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो हुन नसक्ने बताए । हामी भक्ति थापा, अमर सिंह, वलभद्र कुँवरको सन्तान हौं । के प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो कुरा होरु यदि होइन भने नैतिकताको आधारमा प्रधानमन्त्रीमा बस्नु हुँदैन । राजीनामा दिनुस्, सांसद पन्तले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij