
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सिटिजन्स बैंकले देशका विभिन्न ठाउँमा थप ५ शाखा विस्तार गरेको छ । बैंकले कोशी प्रदेशको संखुवासभास्थित खाँदबारीमा, गण्डकीको तनहुँस्थित दमौलीमा, लुम्बिनीको बर्दियास्थित गुलरियामा कर्णाली प्रदेशको सल्यानस्थित श्रीनगर र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा एकसाथ शाखा सञ्चालनमा ल्याएको छ ।
यीसहित बैंकका देशभर १८८ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, वाग्मती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन् । बैंकमा अयोजित एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई दिँदै ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij