Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

अर्थतन्त्र चिन्ताजनक अवस्थामा छैन: मन्त्री महत

अर्थतन्त्र चिन्ताजनक अवस्थामा छैन: मन्त्री महत

  • काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको बताउँदै चिन्ताजनक अवस्था नरहेको दाबी गरेका छन् ।
    आज प्रतिनिधिसभा अर्थ समितिको बैठकमा अर्थमन्त्री महत भने, ‘अर्थतन्त्रको अवस्था सुधारोन्मुख छ, संकटमा छैन । बहसहरू चलिरहन्छन् ।  समग्रमा अर्थतन्त्रको अवस्था राम्रो छ ।

    images
    images
    images

    नेपाल भौतिक रुपमा पछि परेको स्वीकार्दै उनले माग धेरै रहेको र त्यसलाई पूरा गर्न नसक्दा असन्तुष्टि आउनु स्वाभाविक रहेको बताए । समस्याहरू विविध क्षेत्रमा रहेकाले अर्थ मन्त्रालयले अगुवाइ गर्ने बताउँदै उनले तर विभिन्न मन्त्रालयको समान क्रियाशिलता र भूमिका रहेमात्र लक्ष्यमा पुग्न सकिने धारणा राखे ।

    images

    सांसदहरूका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले राजस्व उठ्ने क्रममा समस्या देखिए पनि प्रगति भने भएको दाबी गरे । उनले आन्तरिक राजस्व गत सालको भन्दा बढी उठाउन सक्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij