
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । महानगरपालिकाले निजी विद्यालयले लिने छात्रवृत्ति परीक्षा आफैं लिने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले कक्षा ११ का विद्यार्थीलाई निजी विद्यालयले वितरण गर्ने छात्रवृत्तिको लागि महानगरले नै परीक्षा लिएर विद्यार्थी छनौट गर्ने बताए ।
काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएअनुसार महानगरअन्तर्गत निजी विद्यालयको छात्रवृत्ति परीक्षा महानगरले नै लिन लागेको हो ।
सामुदायिक विद्यालयमा पनि योग्यताक्रम निर्धारण गरी छात्रवृत्ति दिने तयारी महानगरको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij