Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भक्तपुरमा स्कुटर दुर्घटनाः बाबुको मृत्यु, छोरी घाइते

भक्तपुरमा स्कुटर दुर्घटनाः बाबुको मृत्यु, छोरी घाइते

  • काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाटीको मृत्यु भएको हो ।

    images
    images
    images

    उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । कृष्णकुमारले चलाएको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी दुर्घटनामा सामान्य घाइते भएकी छन् । उनी उपचारपछि गएराति नै घर फर्किसकेकी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij