
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । माल्टा पठाइदिएर पानीजहाजमा काम लगाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । माल्टा पठाइदिन्छु भनी झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौँ जिल्ला टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीया युवराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले भुवन भट्टराईलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, मासिक एक लाख धेरै तलब हुन्छ भनी ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार काठमाडौँको कालोपुलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij