
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले सपनामा एमालेकै पक्षमा भाषण गर्ने गरेको बताएका छन् ।
बिहीबार प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्न गरेको प्रस्तावमा बोल्दै राईले आफूलाई ‘एमालेमै फर्किऊँ, फर्किऊँ’ जस्तो लागेको पनि बताए ।
उनले एमालेले पेल्न नीति लिएका कारण चाहेर पनि फर्कन नसकेको दुखेसो पोखे । ‘तर, एमालेले पेल्ने नीति अझै लिएको छ । यस्तोमा अहिले नै मत माग्दा दिन सकिँदैन’, उनले भने ।
उनले फेरि पार्टी एकीकरण हुनुपर्नेमा जोड दिए । अहिले नै पार्टी एकीकरण गर्न सम्भव नभए एउटै संसदीय दल बनाउन सकिने उनको तर्क छ ।
‘सरकार जोगाउने बेलामा मात्र होइन अरू बेला पनि खोजी गरियोस्’, उनले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij