Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

कोसीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने दुई पार्टीको कसम

कोसीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने दुई पार्टीको कसम

  • काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । दुवै पार्टीको संसदीय दलको छुट्टाछुट्टै औपचारिक बैठकले कार्कीलाई मत दिने निर्णय गरेका हुन् ।

    images
    images
    images

    नेकपा (एमाले)को तर्फबाट मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रमुख विपक्षी तथा विपक्षी दललाई औपचारिक पत्राचार गरेका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले कार्कीलाई मत नदिने दलको बैठकले निर्णय गरेको जानकारी दिए । आजै बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले पनि विश्वासको मत नदिने निर्णय गरेको छ ।

    images

    माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij