Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रदूषणलाई चिन्ताको भन्दा चिन्तनको विषय बनाऔं: ओली

प्रदूषणलाई चिन्ताको भन्दा चिन्तनको विषय बनाऔं: ओली

  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यको दृष्टिकोणबाट प्रदूषणको चिन्ताभन्दा बढी चिन्तन गर्नु आवश्यक भएको बताएका छन् । पूर्वप्रधानमन्त्री ओलीले  काठमाडौं शहर विश्वका पहिलो प्रदूषित सहरमा पर्नु चिन्ताको विषय भएको बताएका हुन् ।

    images
    images
    images

    उनले काठमाडौं शहर प्रदूषणको सूचीमा १ नम्बर देखिएको भन्दै तत्काल कदम चाल्नुपर्ने बताए । काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुखले पनि प्रदूषणबाट बचाउन केही गर्दै गरेको उल्लेख गर्दै उनले प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक भएको धारणा राखे । उनले घरभित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ-आफ्नो ठाउँबाट भूमिका खेल्न उनले आग्रह गरे ।

    ‘हिजो ट्वीटर स्क्रोल गर्दै जाँदा वर्ल्ड अफ स्टाटसु भन्ने ट्वीटर ह्यान्डलबाट आएको एउटा ट्वीटमा आँखा अडिए । त्यसमा विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौंको नाम थियो । ५० लाखभन्दा बढी मानिस बस्ने यस शहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो । तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ । ’ मंगलबार बिहान ओलीले लेखेका छन्,‘काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौंलाई यसबाट बचाउन पक्कै केही गर्दै हुनुहुन्छ । यसमा प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक छ । यसको लागि हामी सबै मिली यो वा त्यो नभनी तत्काल कदम चालौं ।  हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ(आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौं ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij