
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका गाडीमा जीपीएस (ग्लोबल पोजिसनिङ )सिस्टम जडान गरिने भएको छ । आफ्नो स्वामित्वमा चल्ने सबै सवारीलाई क्रमशः जीपीएस प्रविधिमैत्री बनाउने योजना अनुसार प्राधिकरणले पहिलो चरणमा चार पाङ्ग्रे गाडीहरूमा यस्तो प्रणाली प्रयोग गर्न लागेको हो ।
यसअन्तर्गत प्राधिकरणको निर्देशनालय, विभाग, महाशाखा, शाखालगायत सबै कार्यालयका सवारी साधनमा जीपीएस जडान गरिने प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए ।
यसबाट प्राधिकरणको गाडी कहाँ र किन कुदिरहेको छ भनेर व्यवस्थापन पक्षलाई अवगत हुने उनको भनाइ छ । साथै गाडीहरूको नियमन र व्यवस्थापन गरी सुरक्षा सतर्कता अपनाउन पनि यो प्रणालीले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij