
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । शनिवार राति चट्याङमा परेर पोखरा महानगरपालिकामा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायबा उपरीक्षक श्रवणकुमार बिकका अनुसार राति साढे ११ बजेतिर चट्याङ लागेर पोखरा–२३ हर्पनका ४९ वर्षीय देवबहादुर बिकको मृत्यु भएको हो ।
ढुङ्गा र माटोले बनेको एक तले कच्ची घरको ढोका लगाउने क्रममा उनी चट्याङ लागेर बेहोश भई ढलेका थिए । तत्कालै अस्थायी प्रहरी पोस्ट बाम्दीबाट खटिएको प्रहरीको टोलीले उनलाई उद्धार गरी उपचारक लागि मेट्रोसिटी अस्पतालमा पठाएको थियो ।
उपचारकै क्रममा राति साढे दुई बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको कास्की प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij