
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । यो घटना यिनचुआन सहरको रहेको बताइएको छ जहाँ रेस्टुरेन्टमा राति भएको विष्फोटमा ३१ जनाको मृत्यु भएको हो । विस्फोटको कारण ग्यास चुहावट भएको बताइएको छ ।
घटनाको जानकारी दिँदै चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले रेस्टुरेन्टमा अचानक ग्यास लिकेज भएको र ठूलो विस्फोट भएको जनाएको छ । यस घटनामा ७ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
उनीहरुलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij