
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । बिहीबारको लागि बजार मूल्य प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा ८ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँ कायम छ। बुधबार चाँदी तोलामा ४५ रुपैयाँले घट्दै १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij