
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटमा विद्युतीय राहदानीको काम सुरु भएको छ। सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी सेवाको काम बिहान ७ बजे देखि सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रचण्ड गर्मी र सेवा ग्राहीको चापलाई ध्यान दिँदै आज बिहानैदेखि सेवा दिन सुरु गरिएको बताए । प्रत्येक आइतबारदेखि बिहीबारसम्म बिहान ७ बजे देखि साँझ ५ बजेसम्म र शुक्रबार बिहान ७ बजे देखि दिउँसो ३ बजेसम्म विद्युतीय राहदानी सेवाको काम हुने सिडिओ मिश्रले जानकारी दिए ।
विद्युतीय राहदानीको फर्म भराउने तथा बायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी निःशुल्क रहेको जानकारी दिइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij