
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सुवर्ण हुमागाईंले लेख्नुभएको पुस्तक ‘जीव, ईश्वर र मानिस’ को लोकार्पण भएको छ । हुमागाईँको सो पुस्तक सांसद गगन थापा, प्रा.डा उदयराज खनाल र स्वामी एकार्थनन्दलगायतले लोकार्पण गर्नुभएको हो ।
सांसद गगन थापाले यस पुस्तकमा लेखकले अध्यात्म, ज्ञान, दर्शनलाई घनश्याम नामक पात्रले गर्ने प्रश्न तथा जिज्ञासामार्फत मेहनत तथा जोखिमसमेत मोलेर पाठकमाझ ल्याउने राम्रो प्रयास गरेको बताउनुभयो । उहाँले लेखक हुमागाईंको स्वअध्ययन, ध्यानलगायतका व्यवहारबाट आफू प्रभावित भएको बताउँदै धर्म, आत्मा, ब्रह्माण्डको सिर्जनाबारे लेखिएको यस पुस्तकबाट पाठकले ज्ञान लिने विश्वास व्यक्त गर्नुभयो ।
प्रा.डा उदयराज खनालले यस पुस्तकमा ज्ञानको विज्ञानसँग तुलनात्मक चिन्तन मनन गरी निष्कर्षसहित बजारमा आएको विचार व्यक्त गर्नुभयो । उहाँले ज्ञानलाई विज्ञानले प्रमाणित गरिरहेको र विज्ञानको अन्त्य नै छैन भन्दै जीव, ईश्वर र मानिस पुस्तकले फरक विषयमा चर्चा सिर्जना गरेको बताउनुभयो । गोरखापत्र
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij