Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मनकारी चिरीबाबु - जात्राका लागि ५० लाख सहयोग !

मनकारी चिरीबाबु - जात्राका लागि ५० लाख सहयोग !

  • ललितपुर । ललितपुर महानगरपालिकाले मौलिक मानमानेश्वरी पायो जात्रा र नवदुर्गा भवानी जात्रा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    महानगरले आइतबार मानमानेश्वरी पायो जात्राका लागि २५ लाख, नवदुर्गा भवानी ठेचो जात्रा सञ्चालनका लागि अक्षयकोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । त्यसैगरी, महानगरले हासापोता गणेश धार्मिक व्यवस्था समितिको अक्षयकोषका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

    AGNI GROUP

    नगर प्रमुख चिरिबाबु महर्जनले पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठ, नवदुर्गा भवानी संरक्षण समितिका उपाध्यक्ष विकास माली, हासापोता गणेश धार्मिक व्यवस्थापन समितिका कृष्ण बहादुर विष्टलाई चेक हस्तान्तरण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij