
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौंका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सात जना रहेका छन् । उनीहरुको साथबाट नगद ९५ हजार ३३५ रुपैयाँ र तीन बुक तास फेला पारी शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी टोखा नगरपालिका–३, धनेश्वरमा डेरा गरी बस्ने गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ की २० वर्षीया सविता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई नगद एक लाख ९० हजार रुपैयाँ र तीन बुक ताससहित शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij