
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । नेपाली बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘भिभो वाई ३६’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै वाई३६ चाँडै सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।
डिजिटल कन्टेन्ट क्रियटर र फेसनप्रति लक्षित फोनमा २।५डीको फ्ल्याट फ्रेम प्रयोग गरिएको छ । यो फोन मेटोर ब्ल्याक र भाइब्रेन्ट गोल्ड कलरमा उपलब्ध हुनेछ । यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । फोनमा स्न्यापड्रागन ६८० प्रोसेसर प्रयोग गरिएको छ । साथै फोनमा ४४ वाटको फ्ल्याशचार्ज सहितको ५००० एमएएचको ब्याट्री दिइएको छ ।
फोनको विषयमा थप जानकारी भने आउन बाँकी नै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij